१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीलाई प्रेस चौतारीको बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari-sital-Nibasकाठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रेस चौतारी नेपालले आज बधाइ ज्ञापन गरेको छ ।

नयाँ संविधानपछिको र मुलुककै पहिलो राष्ट्रपतिमा निर्वाचित भएकामा चौतारीको नेतृत्वले आज राष्ट्रपति भवन, शीतल निवासमा पुगी बधाइ ज्ञापन दिएको हो । चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा गएको टोलीको बधाइ ग्रहणपछि राष्ट्रपतिले नेपाली पत्रकारिताले मुलुकको समृद्धि र राष्ट्रियताका लागि निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको महासचिव माधव नेपालले जानकारी दिनुभयो ।

चौतारीको शनिबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकमा सहभागी सदस्य सहित पदाधिकारी राष्ट्रपति निवास पुगेका थिए । रासस