– सुमन घिमिरे
मोरङ, ४ पुस । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले प्राबिधिक शिक्षामार्फत युवाहरुलाई परिचालन गरेर देशलाई समृद्धि बनाउन सकिने बताउनु भएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको १५ औ साधरणसभालाई शनिवार मोरङको उर्लावारीमा सम्बोधन गर्दै प्रमुख अतिथी खतिवडाले शिक्षा मुलत व्यवसायिक र प्राबिधिक हुनुपर्ने र युवाहरुलाई परिचालन गरे मात्र देश समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।
देशमा पूर्ण रुपमा ५६ प्रतिशत मानिस कृषिमा आर्षित रहेको बताउँदै खतिवडाले पराम्परागत कृषि प्रणालीलाई हटाउँदै आधूनिक प्रणालीबाट खेती गनुपर्ने बताउनुभयो । उच्च शिक्षा, स्वास्थ्य शिक्षा लगायतमा समेत केही क्रुटि रहेको बताउँदै उहाँले बैक तथा बित्तिय क्षेत्रबाट ऋण लिएर भएपनि प्राबिधिक शिक्षा हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारणसभा कार्यक्रममा प्रतिष्ठानकी संरक्षक तथा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रतिष्ठानका प्रमुख सल्लाहकार प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण कार्यकालको कामना समेत गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालको अध्यक्षतमा भएको साधरणसभाले अध्यक्ष बरालद्धारा प्रस्तृत प्रतिष्ठानको भावी कार्ययोजना, कोषाध्यक्ष भुपाल जिमद्धारा प्रस्तृत आर्थिक बर्ष ०७१÷०७२ को ११ करोड २६ लाख ७१ हजार २६ रुपैया बराबरको आय व्याय, सचिब युवराज भट्राईद्धारा प्रस्तृत प्रगती प्रतिवेदन, लेखा समितिका संयोजक सोमनाथ निरौलाद्धारा प्रस्तृत लेखा प्रतिवेदन, सामाजीक बिकास अधिकृत रुद्र ब. तामाङद्धारा प्रस्तृत साजेदार परियोजनाको प्रतिवेदन सुझाब सहित पारीत भएको थियो ।
सोही अवसरमा प्रतिष्ठानमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु कृष्णप्रसाद लुईटेल, प्रभा खतिवडा, सुमित्रा भण्डारी सहित समुदायमा कार्य गर्ने उत्ककृष्ट समुह, बिद्यार्र्थी,जग्गादाता,पूर्व कार्यसमितिका पदाधिकारीहरुलाई संम्मान गरीएको थियो ।
जननेता मदन भण्डारीको स्मृतिमा २०५० सालमा स्थापित सो प्रतिष्ठानमा प्रमाणपत्र तहमा नर्सिङ्ग, एच.ए., कृषी, पशुसहायक, सिभील सव ओभरसियर लगायतका प्राबिधीक शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ भने चाडै स्नातक तहमा बि.एन, सिभील ओभरसियर, कृषी, र जनस्वस्थ्य अध्यापन गराउने र भवीष्यमा मदन भण्डारी प्रौद्योगिक बिश्वबिद्यालय, मदन भण्डारी सामुदायीक अस्पताल, मदन भण्डारी संग्रालय र पुष्प बाटीका तथा वाल उद्यान पनि संचालनको तयारीमा रहेको प्रतिष्ठानद्धारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरीएको छ ।
















प्रतिक्रिया