रौतहट, ४ पुस । स्थानीय हर्दियापल्टुवा गाविस–३ मा हत्या गरिएको अवस्थामा आज आमाछोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटकाअनुसार स्थानीयवासी रेणू साह र छोरी अङ्किता साहको शव फेला पारिएको हो । प्रहरीले दुवैजनाको घाँटी र टाउकामा धारिलो हतियार प्रहार भएको जनाएको छ ।
स्थानीय प्राथमिक विद्यालयको पछाडिपट्टिको खाली चौरमा शव फेला परेको जनाइएको छ । शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घरबाट करिब दुईसय मिटर टाढा आमाछोरीको शव फेला परेको हो । यसबारे प्रहरी अनुसन्धान भइरहेको छ । रासस














प्रतिक्रिया