३० आश्विन २०८३, शुक्रबार

यो साता नेप्से आठ अङ्कले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stock-Marketकाठमाडौँ, ४ पुस । गत साता दोहोरो अङ्कले बढेको नेप्से यो साता ८ अङ्कले तल झरेको छ ।

गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.५१ अङ्कले बढेर अन्तिम दिन एक हजार ११९.३५ अङ्कमा पुगेको थियो । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.८९ अङ्कले घटेको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीको १५ हजार ६१२ कारोबारबाट रु एक अर्ब ९० करोड ९८ लाख ४४ हजार बराबरका ३३ लाख ३० हजार ४४० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

कारोबार रकम गत साताको भन्दा २.९८ प्रतिशत बढी हो ।

गत साता १५४ कम्पनीको कारोबार भएको थियो । जस अनुसार रु १४ करोड २५३ कारोबारबाट रु एक अर्ब ८६ करोड नौ लाख १९ हजार बराबरका २९ लाख ८४ हजार ८२० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता वाणिज्य बैंक २४.८९, वित्त ४.७६ र जलविद्युत् ३०.६५ अङ्कको कमी आएको छ । त्यसैगरी विकास बैंक १३.४२, होटल समूहको ५.२७, अन्य समूहको ५.८७ र बिमा समूहको सबैभन्दा बढी १९०.७८ अङ्कले उकालो लागेको हो । उत्पादनमुलक समूह र व्यापार समूहमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.०६ अङ्कले घटेर २३७.९४ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमको आधारमा नेसनल लाइफ बिमा कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा अरुण फाइनान्स संस्थापक अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्याको आधारमा अपिपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस