३१ आश्विन २०८३, शनिबार

सम्पत्ति विवरण नबुझाउने ९१ शिक्षकलाई जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaकञ्चनपुर, ४ पुस । विद्यालय शिक्षक किताब खानामा सम्पत्ति विवरण नबुझाउने कञ्चनपुरका ९१ जना शिक्षक जरिवानामा परेका छन् ।

गत आर्थिक वर्षसम्मको सम्पत्ति विवरण नबुझाउने शिक्षकले जनही रु पाँच हजार जरिवाना रकम तिर्नुपर्ने भएको हो ।

नयाँ आथिक वर्ष सुरु भएको ६० दिनभित्रै जिल्ला शिक्षा कार्यालयमार्फत कार्यरत शिक्षकले परिवारसहितको सम्पत्ति विवरण विद्यालय शिक्षक सम्पत्ति विवरण व्यवस्थापन निर्देशिका २०७२ अनुसार विद्यालय शिक्षक किताब खानामा बुझाउनुपर्ने प्रावधान रहेको छ । सो विवरण नबुझाएका कारण ती शिक्षक जरीवानामा परेका हुन् ।

कञ्चनपुरमा ११८६ जना शिक्षक कार्यरत रहेकोमा १०९५ जना शिक्षकले मात्रै सम्पत्ति विवरण बुझाएको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीले बताउनुभयो ।

“विद्यालय किताब खानाबाट जरिवानाका लागि पत्राचार भएमा सम्पत्ति विवरण नबुझाउने शिक्षकबाट जरिवाना तिर्न लगाउँछौ” उहाँले भन्नुभयो । रासस