२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चासँग वार्ता गरी संविधान संशोधनमा सहमति खोज्ने प्रमुख दलको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, ३ पुस । संसदमा टेबुल भएको संविधान संशोधनको प्रस्तावमा सहमति जुटाउनका लागि प्रमुख तीन दलले राजनीतिक सम्वादलाई तीव्रता दिने निर्णय गरेका छन् ।

सभामुख ओनसरी घर्तीको सक्रियतामा आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकले संविधान संशोधन प्रस्तावमा राजनीतिक सहमति जुटाएर अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरागर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वार्ता र सम्वादबाट मुलुकलाई निकास दिने सहमति भएको बताउनुभयो । ‘संविधान संशोधनको प्रस्तावमा सबै दलहरूसँग छलफल गर्ने सहमति भएको छ’, उहाँले भन्नुभयो, ‘वार्ता गर्ने, छलफल गरेर सबै विषयमा करेक्सन गरेर जाने सहमति भएको छ ।’

प्रमुख तीन दलको निर्णयअनुसार अब संविधान संशोधनका विषयमा मधेसी मोर्चासँग वार्ता हुनेछ । वार्ताबाट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर संविधान संशोधनको विधेयक पारित गर्ने दलहरूको तयारी छ ।

सोही सहमतिका आधारमा संसदको बैठक पुस ८ गतेसम्म स्थगित गर्न सभामुखलाई आग्रह गरिएको राप्रपा नेपालका मुख्य सचेत दीलानाथ गिरीले जानकारी दिनुभयो ।