६ कार्तिक २०८३, शुक्रबार

सन्नी लियोनीले पनि पछारिन् नरेन्द्र मोदीलाई !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-sunnyनयाँ दिल्ली । गूगल सर्च इन्जिनले यो वर्ष सबैभन्दा बढी खोजी भएका भारतीय सेलिब्रेटीको सूचि सार्वजनिक गरेको छ। गूगलले जारी गरेको सूचिमा पोर्नस्टारबाट बलिउडको यात्रा तय गरेकी सनी लियोनको नाम एक नम्बर छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दश नम्बरमा पुगेका छन्।

यसैगरी सनीले बलिउडका चर्चित अभिनेत्री क्याटरिना क्याफ, प्रियंका चोपडा, दीपिका पादुकोण, अभिनेता सलमान खान तथा साहरुख खानलाई कडा टक्कर दिँदै २०१५ की मोस्ट सर्च सेलिब्रेटी बन्न सफल भएकी छिन्। गत वर्षपनि सनी सबैभन्दा बढी सर्च हुने भारतीयको सूचिमा एक नम्बरमा थिइन्। यो वर्ष प्रधानमन्त्री मोदी दशैं नम्बरमा पुगेका छन्। गत वर्ष मोदी धेरै खोजी हुने भारतीयको सूचिमा एक नम्बरमा थिए। यो वर्ष तेस्रो नम्बरमा पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामको नाम छ।

पोर्न फिल्ममा काम गरिसकेकी ३४ वर्षीया सनी पहिलो नम्बरमा हुनुकापछि धेरै कारण भएको भारतीय संचारमाध्यमले विश्लेषण गरेका छन्। सनीको विरुद्ध मुम्बइकी एक गृहिणीले समाजमा अश्लिलता फैलाएको भन्दै मुद्दा दर्ता गराएकी थिइन्। एक वामपन्थी नेताले सनीले कण्डोमको विज्ञापनमा अभिनय गरेको भन्दै निकै विरोध गरेका थिए। उनी लियोनको यो वर्ष एउटा मात्र फिल्म रिलिज भएको छ। उनी अभिनित ‘एक पहेली लीला’ फिल्म सेन्सर बोर्डमा धेरै समय रोकिएको थियो।

गूगलले जारी गरेको लिष्टमा एक नम्बरमा सनी लियोन, दुई नम्बरमा सलमान खान, तीन नम्बरमा एपिजे अब्दुल कलाम, चार नम्बरमा क्याटरिना क्याफ, पाँच नम्बरमा दीपिका पादुकोण, ६ नम्बरमा शाहरुख खान, सात नम्बरमा यो यो हनी सिंह, आठ नम्बरमा काजल अग्रवाल, नौ नम्बरमा आलिया भट्ट र दश नम्बरमा नरेन्द्र मोदी पर्न सफल भएका छन् । नागरिक दैनिकमा समाचार छ ।