बर्दिया, ३ पुस । लामो समयदेखि नियन्त्रण लिई छोटी भन्सार कार्यालय गुलरियामा राखिएका मोटरसाइकल लिलाम गर्न नसक्दा लाखौँको राजस्व घाटामा गएको छ ।
यातायात कार्यालय नेपालगन्जका इन्जिनियरले लिलाम सामग्रीको मूल्य अत्यधिक तोकेपछि मोटरसाइकल लिलाम हुन नसकेको हो ।
मोटरसाइकल लामो समयदेखि लिलाम नगरी भन्सार कार्यालयमै थन्किँदा खिया लागेको र माटो, झारले पुरिएर बिग्रिएको अवस्थामा छन् भने कतिपय मोटरसाइकलका पाटपुर्जासमेत छैनन् ।
मूल्याङ्कन महँगो भएपछि भन्सार कार्यालय राजापुर र छोटी भन्सार कार्यालय गुलरियामा गरी रु आठ लाख मूल्य बराबरको ४६ वटा मोटरसाइकल लिलाम हुन नसकेको छोटी भन्सार कार्यालय गुलरियाका नायब सुब्बा अशोक पन्थले बताउनुभयो । रासस















प्रतिक्रिया