२३ कार्तिक २०८३, सोमबार

संसदको बैठक एघार बजे बस्ने, मधेसी मोर्चाले अबरोध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३ पुस । व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने कार्यक्रम छ । बिहान एघार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बैठक बस्नेछ ।

बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल हुने स्रोतको भनाइ छ । तर मधेसी मोर्चाले सदन अबरोध गर्दै आएकाले सो विषयमा कसरी अगाडि बढ्ने भन्नेमा भने अन्यौलता कायम छ ।

कांग्रेसको दबावमा संविधान संशोधनको प्रस्ताव अगाडि बढेको छ । आफ्ना माग सम्बोधन नगरेर संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै मधेसी मोर्चा रिसाएको छ ।

स्रोतका अनुसार मधेसी मोर्चाको अबरोधका बीच पनि सदन भने चलाउने तयारी भएको छ ।

संसदको बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीले दलका ठूला नेता र मुख्य सचेतकहरूसँग छलफल गर्ने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । ‘बैठक बस्नुअघि सदन कसरी चलाउने र के गर्ने भन्ने विषयमा सभामुख ज्यूले प्रमुख दलका मुख्य सचेतक र नेताहरूसँग छलफल गर्नु हुनेछ’, उहाँले भन्नुभयो ।