६ कार्तिक २०८३, शुक्रबार

राहतको चामल बिक्री गर्दै सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chamal Rice Nepalकाठमाडौं, ३ पुस । पुसको कठ्यांग्रिदो चिसोमा खनासमेत नपाएर भूकम्पपीडित विचल्लीमा परेको बेला सरकार भने उनीहरूकै लागि आएको राहतको चामल बेच्न लागेको छ ।

बंगलादेश सरकारले भूकम्पपीडितको लागि राहत स्वरूप पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल खाद्य संस्थानले बिक्री गर्न लागेको राजधानी दैनिकले समाचार छापेको छ ।

गत जेठमा आएको उक्त चामल गोदाममै थन्किएको थियो ।