३१ आश्विन २०८३, शनिबार

काठमाडौंका नयाँ सिडिओ भन्छन्- कालोबजारी गर्नेलाई छाड्दिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-Oil-Kalobajari (2)काठमाडौँ, २ पुस । कालोबजारीका विषयमा सुनिएका जनगुनासो सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौँले स्पष्ट योजना बनाएर कार्यान्वयन गर्ने भएको छ ।

नेपाल पत्रकार महासङ्घसँगका प्रतिनिधिसँग आज जिप्रकामा गरिएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले कालोबजारी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण बजारमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको अभाव भएको समयमा कालोबजारी नियन्त्रण प्रमुख चुनौती भएको उहाँको भनाइ थियो ।

जनताले प्रत्याभूत गर्ने गरी स्पष्ट योजना बनाएर अगाडि बढाउने उल्लेख गर्दै प्रजिअ सुवेदीले बजार अनुगमनमा पत्रकार महासङ्घका प्रतिनिधिलाई पनि समावेश गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले अभावका समयमा भएको मूल्य वृद्धिका कारण जनता मारमा परेको भन्दै जिप्रकाको ध्यान त्यसतर्फ जानुपर्नेमा बताउनुभयो ।

अन्तरक्रियामा सहभागी पत्रकारले कालोबाजारी नियन्त्रण गर्न समन्वयात्मक रुपमा अगाडि बढ्नुपर्ने र पत्रकारलाई सहज रुपमा इन्धन उपलब्ध गराइदिन अनुरोधसमेत गरेका थिए । रासस