काठमाडौं, २ पुस । एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले विगतमा एमाले र काग्रेस नमिल्दा भूकम्प पीडितलाई दुःख दिने काम भएको आरोप लगाउँदै एमाओवादी कार्यकारी निर्देशक देखि कुनै पनि नियूक्तीमा अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
उनले भने–‘ पुर्ननिर्माणमा भूमिका निर्वाह गर्ने सक्ने ब्यक्ती जहाँबाट आए पनि हुन्छ । पार्टीको कार्यकर्ता नहोस, सक्षम ब्यक्ति आओस । डा.गोविन्द पोख्रेल नै आएपनि हामीलाई कुनै आपत्ति छैन ।’
शर्माले संविधान संसोधन विद्येयक सहमतिमै आएको भन्दै यही कुरा पहिला भएको भए मधेसी दलहरु आन्दोलनमा जाने अवस्था नआएकोले यसमा प्रमुख दलले गंभिर गल्ती गरेको बताए ।
उनले भने– ‘मधेसीको सहमतिमा गरेको भए विरोध हुँदैन थियो । ठूला दलले बुद्धि नपुर्याउँद यो अवस्था आएको हो । अब मुलुकलाई निकास दिने नदिने विषय कांग्रेसको हातमा छ ।
मुलुकलाई निकास दिन नेपाली काग्रेस सरकारमा आए आफूहरु जस्तो सुकै त्याग गर्न तयार रहेको भन्दै ऋषि मन बोकेर मुलुकको निकासकोलागि एमाओवादीले सरकारलाई सहयोग गर्ने बताए ।
शर्माले नेपाली कांग्रेसको आसन्न महाधिवेशनको कारण केही कुरा अड्काउने काम भईरहेको दावी गर्दै महाधिवेशनपछि अवस्था सहज बन्दै जाने विश्वास ब्यक्त गरे ।












प्रतिक्रिया