२३ कार्तिक २०८३, सोमबार

केन्द्रीय समिति चलिरहेका बेला किन बस्दैछ कांग्रेसको पदाधिकारी बैठक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Meetingकाठमाडौं, २ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको बुधबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बिहान एघार बजेपछि पार्टी मुख्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा राजनीतिक, आर्थिक, सांगठनिक, १३औँ महाधिवेशन र समस्य मुलुकको विषयमा छलफल हुनेछ ।

केन्द्रीय सदस्य पार्वती डिसी चौधरीका अनुसार आजबाट केन्द्रीय सदस्यहरूले १३औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा धारणा राख्ने छन् । त्यसका लागि तयारी भएको उहाँले बताउनुभयो ।

बैठकमा नरहरि आचार्य संयोजक रहेको महाधिवेशन प्रतिनिधि विवाद समाधान सुझाव कार्यदलको प्रतिवेदनमा पनि छलफल हुनेछ ।

केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि कसरी अगाडि भन्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक बस्दैछ । पदाधिकारीहरूले बैठकको कार्यविधि तयार गर्ने स्रोतको भनाइ छ ।

कांग्रेसमा महाविधेशन प्रतिनिधि छनौटको विषयमा गम्भीर विवाद बन्दै आएको छ ।

संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहले आआफ्नालाई क्रियाशील सदस्यता दिन तिकडम गरेपछि विवाद उत्पन्न भएका हुन् । सो विवादलाई मिलाउन पनि पदाधिकारी बैठक बस्न लागेको बताइएको छ ।