२३ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद बैठक बस्दै, आपूर्ति व्यवस्थाका विषयमा छलफल हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-cabinet-1st-meetingकाठमाडौं, २ पुस । मुलुकको पछिल्लो अवस्था र आपूर्ति व्यवस्थाका विषयमा छलफल गर्न मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बस्ने बैठकमा भारतीय अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण भएको असहजताका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डाहरूमा पनि छलफल हुने छन् । बैठकमा केही राजनीतिक नियुक्तिका प्रस्ताव पनि आउने स्रोतको भनाइ छ । बैठक अपरान्ह पाँच बजे बस्ने कार्यक्रम छ ।

अघोषित नाकाबन्दीले थलिएको मुलुकको अवस्थाबाट केही कालोबजारी गर्नेहरूले जनतालाई दुःख दिएको भन्दै आक्रोशित सरकारले त्यस विषयमा पनि ठोस निर्णय र निर्देशन दिने बुझिएको छ ।