६ कार्तिक २०८३, शुक्रबार

खड्कालाई जोगाउन प्रमुख आयुक्त र आयुक्त नै सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopalbahadur Khadkaकाठमाडौं, २ पुस । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न निगम सञ्चालक समितिले सरकारलाई सिफारिस गरेपनि शक्ति केन्द्रको पहुँचका कारण खड्कालाई चोख्याउन लागिएको छ ।

निगम सञ्चालक समितिको बैठकले खड्काले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नभको भन्दै थप कारबाही अगाडि बढाउन बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

खड्कालाई जोगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंक कार्की र आयुक्त दिप बस्नेत नै लागि परेको हुँदा सरकारले चाहेर पनि केही गर्न नसकेको अख्तियार स्रोत बताउँछ ।

खड्कालाई अख्तियारमा केशव भट्टराई सचिव हुँदा प्रमुख आयुक्त कार्कीसँग भेट गराएपछि उनीहरुबीचको सम्बन्ध बढेको थियो ।

त्यसो त आयुक्त बस्नेतसँग पनि खड्काको नाता जोडिएको छ । बस्नेतका दाजु हरिबहादुरकी छोरी र खड्काको छोरा श्रीमान श्रीमती हुन् ।

यसरी खड्काले एकातिर प्रमुख आयुक्त कार्कीसँग भट्टराई मार्फत भेट गरेपछि भट्टराईको फोन रिसिभ गर्न छाडेर सिधै कार्कीसँग सम्बन्ध जोडे भने अर्कोतिर आयुक्त बस्नेतले पनि उनलाई संरक्षण दिइरहेको स्रोतको भनाई छ ।

तत्कालीन आपुर्तिमन्त्री सुनिल थापाको प्रस्तावमा उनलाई मन्त्रीपरिषदले ४ बर्षका लागि नियुक्त गरेको थियो ।

भारतीय नाकाबन्दीले इन्धनको अभाव चुलिदै गएपछि खड्काले वितरण प्रक्रिया प्रभावकारी नबनाएको, इन्धन आयातका लागि निजी कम्पनीलाई अनुमति दिंदा पक्षपात गरेको, चीनबाट इन्धन ल्याउन तदारुकता नदेखाएकोलगायतका आरोपमा निगम संचालक समितिले स्पष्टिकरण मागेको थियो ।

खड्काले इन्धन वितरणमा मनपरी र कालोबजारीलाई प्रोत्साहन दिंदै आएका छन् । त्यसैगरी विभिन्न पेट्रोलपम्ममा डिभाईस राखी रिमोटबाट कम तेल बिक्रि वितरणमा सघाउ पुराउदै संस्थागत रुपमा उपभोत्तालाई ठगी गरेको आरोप पनि खड्का माथि छ ।

उनले विराट पेट्रोलियमलाई इन्धन आपुर्तिको जिम्मा दिन ठूलो चलखेल गरेका थिए । निगमले नै कालोसुचिमा राखेको कम्पनीलाई ठेक्का र पेश्की रकम दिंदा प्रक्रिया र मापदण्ड मिचेको थियो ।

भारतकै कम्पनीबाट ल्याउने प्रस्ताव गरेको विराटले प्रस्ताव गरेको मूल्य हालको भाउभन्दा दोब्बर तोकिएको थियो ।

त्यसो त कालोबजारीको आरोपमा नेपाल प्रहरीको अपराध महाशाखाले नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रबिन शर्मालाई पक्राउ गरेर अनुसन्धानमा गर्दा यसमा खड्को पनि संलग्नता रहेको खुलिसकेको छ ।

शर्मा पक्राउ परेपछि निगमका कार्यकारी निर्देशक गोपाल खड्का पनि पक्राउ पर्ने सम्भावना बढेर गएको छ । तर, अख्तियार र भारतसँग नजिक रहेका खड्कालाई पक्राउ गर्न भने त्यति सहज छैन ।

शर्माले कार्यकारी निर्देशक खड्काकै निर्देशनमा आफूले इन्धन वितरण गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको महाशाखा स्रोत बताउँछ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको आन्तरिक छानविनले पनि निगमबाट नै इन्धनमा कालोबजारी भइरहेको जनाएको थियो ।

त्यसैको आधारमा खड्कालाई बर्खास्त गर्ने तयारी भएपनि विभिन्न व्यक्तिको दबाबमा उनलाई सरकारले हटाउन सकेको छैन ।