काठमाडौं, १ पुस । ‘आईएमई बचत दश लाख’ योजनाका बम्पर विजेता बृजेश यादवले १० लाख रुपैयाँ जितेका छन् ।
बुधबार आयोजित कार्यक्रममा शान्ति यादवलाई आईएमई ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले पुरस्कार प्रदान गर्नुभयो । बम्पर बिजेता बृजेशले शान्ति यादवलाई ईच्छाईएको व्यक्तिमा छनोट गरेका थिए ।
आफ्नो स्थापनाकाल देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आईएमई ग्रुप अफ कम्पनीले सेवा शुभारम्भको १५ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका १३५ आईएमई सेन्टरबाट सेवा दिइरहेको छ ।
यसैगरी ४ हजार भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
रेमिटेन्सको पैसालाई बचत तथा उत्पादनमा लगाउन प्रेरणा प्रदान गर्दै ब्यापार प्रवद्र्धन गर्ने उदेश्यले संचालित यस योजना निर्धारित उदेश्यमा प्रभावकारी रहेको विश्वास आइएमईले लिएको छ ।
















प्रतिक्रिया