२३ कार्तिक २०८३, सोमबार

मधेस युवा संघको कब्जामा- विद्यालय खुल्न थाले, कानुन हातमा लिने पक्राउ (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-sarlahi-7

सर्लाही, १ पुस । २ महिने राष्ट्रिय जनजागरण अभियान लिएर तराई झरेको युवा संघ नेपालले २१ बुँदे घोषणा पत्र जारी गरेको छ ।

मंगलबारदेखि सर्लाहीमा सुरु भएको युवा संघको विशेष मधेस राष्ट्रिय भेलाले मधेसका नेता कार्यकर्ताको सुझावका आधारमा विभिन्न मुद्दा समेटेर २१ बुँदे घोषणापत्र जारी गरेको अध्यक्ष राजीव पहारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- मधेसलाई आन्दोलनको भुमरीबाट निकालेर मुल बाटोमा फर्काउन हामी यहाँ आएका हौं । अब मधेस हाम्रो कब्जामा छ । यसलाई पुरानो बाटोमा फर्काएरै छाड्छौं ।

Uml-sarlahi-4

२१ बुँदे घोषणापत्रमा युवा संघ मधेस छिरेसँगै विद्यालयहरु खुल्न थालेको उल्लेख छ । ‘मधेसवादी दलले आजगनी र तोडफोड गरेका भवनहरु पुनर्निर्माण गर्ने, यथाशिघ्र शिक्षण संस्था खुलाउनुपर्ने, कानुन हातमा लिएर अराजक मच्चाउनेलाई तत्काल गिरफतार गर्नुपर्ने’ लगायतका माग राखेर युवा संघे २१ बुँदे घोषणापत्र जारी गरेको अध्यक्ष पहारीले बताउनुभयो । तीन दिनसम्म चल्ने भेलामा सामाजिक सदभाव र राष्ट्रिय एकताका लागि वार्ता सम्वादबाट अगाडि बढ्न सबै पक्षलाई आह्वान समेत गरिएको छ ।

‘वार्ता र सम्वादका नाममा मधेसकेन्द्रीत दलहरुले भनेको सबै माग पुरा हुनुहुँदैन् । सीमांकनको विवाद संघीय आयोगबाट टुङ्गो लगाउनुपर्छ,’ अध्यक्ष पहारीले भन्नुभयो- लामो समयदेखि विद्यालय बन्द भएका छन् । विद्यार्थीको भविष्य अन्धकार बनेको छ । तत्काल विद्यालय खोल्छौं ।’ भेलामा तराई मधेसका २१ जिल्लाका ४५० जना प्रतिनिधीको सहभागिता थियो ।

Uml-sarlahi-8यसैबीच भेलामा एमाले नेता शंकर पोखरेलले ‘तराई मधेसको एतिहासिक सन्दर्भ र मधेसको आन्दोलन’को विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । त्यसैगरी एमाले नेता लालबाबु राउतले ‘संविधानका मुलभुत विषय’मा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

एमाले सचिव प्रदीप ज्ञवालीले ‘तराई मधेस सामाजिक आर्थिक रुपान्तरण’को विषयमा र महासचिव इश्वर पोखरेलले ‘समसामयिक राजनीतिक घटनाक्रम’मा युवा संघले खेल्नुपर्ने भुमिका कार्यपत्र पेस गर्नुभयो ।

Uml-sarlahi-6

यसैगरी युवा नेता एवं सचिव योगेश भट्टराईले ‘राष्ट्र निर्माणमा युवाहरुको दायित्व’ विषयक कार्यपत्र योगेश भट्टराई प्रस्तुत गर्नुभएको छ । भेलामा मधेसका सभासदहरु तथा नेताहरुको उपस्थिति रहेको छ ।

आज सकिने भेलामा ‘तराई मधेसको अवस्थाबारे युवा संघका अध्यक्ष राजीव पहारीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नभयो । भेलापछि युवा संघ दुई महिनासम्म तराई मधेसमा खटिने छ । भेलाको उदघाटन मंगलबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गर्नुभएको थियो ।

Uml-sarlahi Uml-sarlahi-1 Uml-sarlahi-2 Uml-sarlahi-3  Uml-sarlahi-5