६ कार्तिक २०८३, शुक्रबार

भारतको डटेर सामना गरिरहेका प्रधानमन्त्री ओलीलाई आफ्नैले दिए धम्की !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं । भारतीय नाकाबन्दीका कारण सरकारले खास केही काम गर्न नसकिरहेका बेला सत्तासाझेदार दलहरुले नै सरकारको आलोचना गर्न थालेका छन् ।

जोसुकै प्रधानमन्त्री भए पनि उपप्रधानमन्त्री बनिहाल्ने छवि बनाएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि प्रधानमन्त्री केपी ओलीसँग निहुँ खोज्न थालेका छन् । कुनै पनि बेला सरकार कमजोर हुनासाथ नयाँ समीकरण बन्ने थाहा पाएका गच्छदारले मंगलबार प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा भेटेरै ज्ञापनपत्र दिएर आफ्नो असन्तुष्टी सार्वजनिक गरेका हुन् ।

स्रोतका अनुसार सरकारमा रहेका कमल थापा र गच्छदारसँग सम्बन्धित सूत्रहरुले सम्भावित नयाँ समीकरणको बारेमा कुराकानी अघि बढाइसकेका छन् । प्रधानमन्त्रीले काम गर्न सकिएन भन्ने बोल्ने एमाओवादीले सरकारको आलोचना गरेको यसबेला गच्छदारको यो अग्रसरतालाई महत्वका साथ हेरिएको छ । बुधबार साप्ताहकिमा खबर छ ।