
काठमाडौं, १ पुस । संसदको आजको बैठकबाट भूकम्पसम्बन्धी प्राधिकरण विधेयक पारित हुने भएको छ । मंगलबारको बैठकमा पेश भएको प्राधिकरण विधेयकलाई आजको बैठकबाट पारित गर्ने तयारी गरेको बुझिएको छ ।
अपरान्ह ४ बजे बस्ने संसद बैठकमा प्राधिकरण विधेयक पारित गर्न पेश गरिनेछ । विधेयक पारित गर्न मधेसी मोर्चाले पनि सहयोग गर्ने बुझिएको छ ।
बैठकमा संविधान संशोधनसम्बन्धी दुई वटा विधेयक पनि छलफलका लागि अगाडि बढाइनेछ । मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले संविधान संशोधनसम्बन्धी विधेयक टेबुल गर्नुभएको थियो ।
टेबुल भएको बिधेयकमा सदनमा छलफल हुनेछ । छलफलपछि संशोधनको समय पनि दिइनेछ । त्यसपछि मात्रै सो विधेयक पारित गर्न सदनमा पेश गर्ने संसदीय पद्धति छ ।
तर मधेसी मोर्चाले संविधान संशोधनको विधेयक आफूहरूलाई चित्त नबुझेको भन्दै पारित हुन नदिने जनाएको छ ।












प्रतिक्रिया