काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संविधान संशोधन प्रस्ताव कार्यसूचीमा राखिएपछि आजबाट व्यवस्थापिका संसद बैठक चल्ने भएको छ ।
कांग्रेसको मध्यमार्गी प्रस्ताव (दुई वटै विधेयक) एमाले र एमाओवादीले स्वीकार गरेपछि लामो समयदेखि अवरुद्ध संसद आजदेखि खुल्ने भएको हो । कांग्रेसको प्रस्ताव अनुसार संसद कार्यसूचीमा पहिला भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण पारित गर्ने र त्यसपछि संविधान संशोधन विधेयक अगाडि बढाउने तय भएको संसद सचिवालयले जनाएको छ ।
यसैबीच आजको संसद बैठक चल्न दिने वा अवरोध गर्ने विषयमा आन्दोलनरत मधेसी मोर्चा भने दोधारमा परेको छ । एक नेताका अनुसार मोर्चाले भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण पारित गरिसकेपछि संसद अवरुद्ध गर्ने योजनामा छ ।
सचिवालयका अनुसार आजै साँझ संसद बैठक बस्दैछ ।













प्रतिक्रिया