२३ कार्तिक २०८३, सोमबार

प्रहरीले नेता समातेपछि मधेसी मोर्चाका कार्यकर्ता भागे, भैरहवामा दुई नेता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

भैरहवा, २९ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको नेपाल–भारत नाका बेलहियामा धर्ना दिएर अवरोध गर्न खोज्दा संघीय समाजवादी फोरम लोकतान्त्रिकका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव र तमलोपाका जिल्ला अध्यक्ष अजय बर्मालाई मंगलबार दिउँसो पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

bhairhwa-naka (3)कार्यकर्ताहरुसहित दशगजा क्षेत्रमा गएर अवरोध गर्न आएका उनीहरुलाई पक्राउ गरेपछि अन्य कार्यकर्ताहरु भागेको प्रहरीको भनाई छ । अहिले उक्त नाकाबाट मालबाहक गाडीहरु भित्रिने क्रम जारी छ ।