३० आश्विन २०८३, शुक्रबार

चीनले नेपाललाई अनुदानमा दियो विद्युतीय बस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-electric-busकाठमाडौं, २९ मंसिर । भारतीय नाकाबन्दीमा नेपाललाई अनुदानमा इन्धन दिएर सहयोग गरेको चीनले फेरि अर्काे सहयोग गरेको छ ।

चीनले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिएको हो । उक्त बस ल्याउन एक नेपाली टोली चीनको राजधानी बेइजिङ जाने तयारीमा छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा इलेक्ट्रिक बस दिन लागेको बताउनुभयो । उहाँका अनुसार ब्याट्री चार्ज गरेर चलाउन सकिने ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा गुड्नेछन् ।

चीनले काठमाडौं महानगरपालिकालाई ती बस हस्तान्तरण गर्नेछ । त्यसका लागि महानगरपालिकाको एक टोली बेइजिङ पुगेर सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नेछ । केही दिनमै नेपाली टोली बेइजिङ पुग्ने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

यसैगरी महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । जसअनुसार नेपालले चीनबाट एकमुष्ट ३० वटा विद्युतीय बस काठमाडौं ल्याउनेछ ।