
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसले संसदको गतिरोध र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक बोलाएको छ ।
अहिले केही समयपछि सभापति सुशील कोइरालाको निवासमा बस्ने बैठकमा संसदको गतिरोधका विषयमा छलफल केन्द्रित हुने स्रोतले जनाएको छ । संविधान संसोधनका दुई वटा विधेयक सदनमा टेबुल गर्नुपर्ने माग गर्दै आएको कांग्रेसका कारण सदन चल्न सकेको छैन ।
कांग्रेसले भूकम्पसम्बन्धी प्राधिकरण विधेयकलाई अगाडि बढाउन सहयोग गर्ने जनाउँदै आएको छ ।
आजको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले सदनको गतिरोध अन्त्य गर्न केही सर्तसहित अगाडि बढ्न सक्ने बुझिएको छ ।












प्रतिक्रिया