
काठमाडौं, २९ मंसिर । मधेसी मोर्चासहित कांग्रेस, एमाले र एमाओवादीबीच आज पनि सदन खोल्ने विषयमा छलफलहरु हुने भएका छन् ।
राजधानमा आज हुने छलफल सदनको गतिरोध अन्त्यका विषयमा केन्द्रित हुनेछ । सत्तारुढ दल एमाले र एमाओवादीले कांग्रेस र मधेसी मोर्चालाई सदनको गतिरोध अन्त्यका लागि आग्रह गर्ने बुझिएको छ । छलफलहरु समूहिक, अलग अलग र दलीय हुनेछन् ।
कांग्रेसले संविधान संसोधनसम्बन्धी आफ्नो सरकारका पालाको दुई वटा विधेयक सदनमा पेश गर्न दबाव दिँदै आएको छ । तर मधेसी मोर्चाले सदन अबरोध गर्ने डरले सरकारले संसदको कार्यसूचीबाट संविधान संसोधनको प्रस्ताव हटाएको छ ।
कार्यसूचीबाट संविधान संसोधनको प्रस्ताव हटेपछि कांग्रेसका सांसदहरु सदनमा उभिएर अबरोध गर्दै आएका छन् ।
मधेसी मोर्चाले भूकम्प प्राधिकरण विधेयकभन्दा अरु विषय सदनमा प्रवेश गराइए बैठकनै अबरोध गर्ने चेतावनी दिँदै आएको छ । संसद बैठक बस्नुअघि सहमतिको प्रयास गरिनेछ ।












प्रतिक्रिया