२३ कार्तिक २०८३, सोमबार

आन्दोलनको रणभुमि बनेको मधेसलाई ठिक पार्न युवा संघको नेतृत्व तराई झर्‍यो (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-pahari-4jpg

काठमाडौं, २८ मंसिर । तीन महिनादेखि आन्दोलनको रणभूमि बनेको मधेसलाई ठिक पार्न युवा संघ नेपालको नेतृत्व नै तराई झरेको छ ।

सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मंगलबारदेखि मधेसमा तीन महिने मधेस सम्वाद जागरण अभियान सुरु गरेको हो । ‘हिमाल पहाड तराई, कोही छैन् पराई’ भन्ने भावनाका साथ युवा संघको सिंगै नेतृत्व मधेस झरेको अध्यक्ष राजीव पहारीले जानकारी दिनुभयो ।

भारतीय हस्तक्षेप र नाकाबन्दीको चर्काे विरोध गर्दै आएका पहारी अध्यक्ष भएको दुई महिनामै राष्ट्र र सदभाव बचाउने उद्देश्यका साथ युवा संघको नेतृत्वमा जागरण अभियान लिएर मधेस उत्रिनुभएको हो ।

Rajib-pahari-2jpg

उहाँका अनुसार जागरण अभियानमार्फत युवा संघले तीन महिनाको अवधिमा मधेसमा कुप्रथाहरु दाइजो, भ्रष्टाचार, अनियमितता अन्त्य गर्न पहल गर्ने, मधेसमैत्री तथा तराई मैत्री नयाँ संविधानबारे फैलाइएका गलत भ्रमहरु निवारण गर्ने, पहाडी र मधेसीबीच सम्बन्धलाई भावनात्मक रुपमा एकात्मक बनाउने, आन्दोलन गरिरहेका मधेस केन्द्रीत दलहरुको भण्डाफोर गर्नेछ ।

‘भारतको गीत गाउने, भारतको चाकडी गर्नेको एक–एकको भण्डाफोर गर्छाै’ अध्यक्ष पहारीले भन्नुभयो– ‘हाम्रो मुल उद्देश्य पछाडी परेको मधेसको विकासलाई मुलधारमा ल्याउनु नै हो ।’

उहाँले युवा संघको तीन महिने जागरण अभियानले मधेसी जनतामा रहेको संविधानप्रतिको भ्रण हट्ने विश्वास गर्नुभयो । उहाँले भन्नुभयो– ‘मधेसी जनतालाई नयाँ संविधानमा समावेश गरिएका अधिकार र मधेसी नेताको स्वार्थबारे क्लियर गराउँछौं । त्यसपछि मधेस ठिक ठाउँमा आउँछ । आन्दोलनबाट मुक्त हुन्छ ।’

जागरण अभियानमा पाँच हजार भन्दा बढी युवा शक्ति परिचालन हुने अध्यक्ष पहारीले बताउनुभयो ।

यसैबीच अभियानको सुरुवात मधेसको सर्लाही जिल्लाबाट हुँदैछ । मंगलबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माणपछि मधेसको अहिलेसम्मकै ठूलो १० औं हजार जनताको माझमा युवा संघको राष्ट्रिय भेलाबाट उदघाटन गर्नुहुने कार्यक्रम छ ।

उक्त कार्यक्रमका लागि नेता नेपालसहित एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, नेताहरु शंकर पोखरेल, सत्यनारायण मण्डल, शत्रुधन महतो लगायत सर्लाही पुगिसकेका छन् । सर्लाहीको भेलामा मधेसका ४ सय युवा कार्यकर्तालाई नेताहरुले विशेष प्रशिक्षण दिनेछन् ।

Rajib-pahari Rajib-pahari-1jpg  Rajib-pahari-3jpg  Rajib-pahari-5jpg