३१ आश्विन २०८३, शनिबार

नायक निखिल र नायिका आशिष्माले बानेश्वरमा रिवन काटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nikhil Ashishmaकाठमाडौं । स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक पहिरन तथा सेरवानीका लुगासहितको नयाँ फेसन पसल राजधानीको नयाँ बानेश्वरमा सञ्चालनमा आएको छ ।

लामो समयदेखि फेसन डिजाइनिङमा आबद्ध मदन पौडेलसहित हाम्रो ग्रुप अफ कम्पनीले ‘कपास फेसन’ नामक फेसन पसल सञ्चालनमा ल्याएको हो ।

फेसन पसलको सोमबार अभिनेता निखिल उप्रेती र नायिका अशिष्मा नकर्मीले संयुक्त रुपमा रिवन काटेर शुभारम्भ गरे ।

कार्यक्रममा अभिनेता उप्रेतीले पहिलाको समयमा आफूलाई पहिरन छनौटको बारेमा खासै जानकारी नभए पनि अहिले चाहीँ कार्यक्रममा जाँदा लुगा छनौट गरेर लगाउने गरेको बताए ।

नायिका नकर्मीले आफू फेसनप्रति संवेदनशील रहेको जानकारी दिँदै बाहिर निस्किँदा आफ्नो छनौट र आफैले डिजाइन गरेका पहिरन लगाएर निस्कने गरेको खुलाइन् ।

पसलका निर्देशकसमेत रहेका डिजाइनर पौडेलले पसलमा महिला र पुरुष दुबै जनालाई मिल्ने किसिमका महंगादेखि औषत मूल्यका पार्टी पहिरन उपलब्ध हुने जानकारी दिए ।

‘यहाँ नेपाली परम्परागत किसिमका पहिरनसँगै भारतीय सेरवानी किसिमका पहिरन पनि पाइन्छन्’, उनले भने, ‘खास गरी सेलिब्रेटीलाई सुहाउँदिलो किसिमका पहिरन पनि म आफै डिजाइन गरेर तयार पारेको छु ।’

सन् २०१४ मा इण्डोनेशियामा भएको एसियन फेसन विकमा नेपालको तर्फबाट सहभागिता जनाइसकेका मदनले आफूले उत्पादन गरेका पहिरनहरु लण्डन, अमेरिका, जापानलगायतका मुलुकमा समेत निर्यात गर्ने गरेको बताए ।