३१ आश्विन २०८३, शनिबार

टेलिकमको रिचार्ज समस्या अझै हटेन्, उपभोक्ता हैरान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecom– सन्तोष कुुमार
लहान, २८ मंसिर । रिचार्ज नभएर नेपाल टेलिकमका सिरहाका लाखौं उपभोक्ता हैरान भएका छन् । टेलिकमको प्रिपेड र पोष्टपेड मोवाइलमा रिचार्ज हुुने गरेका छैन् ।

करिब महिनादेखि टेलिकमको रिचार्जमा समस्या भएको उपभोक्ताहरु बताउँछन् । रिचार्जमा समस्या आएपछि उपभोक्ताहरु विस्तारै टेलिकमको सिम बोक्न छाड्न थालेका छन् । रिचार्ज नहुुने समस्याले विगत एक महिनादेखि हैरान भएको लहान नपा ६ का विजय यादबले बताए ।

उनले भने, ‘रिचार्जको समस्याले टेलिकमको प्रिपेड मोवाइल चलाउनै छाडे । बाध्य भएर एनसेलको मोबाइल बोक्न थालेको छुु ।’ आफ्ना धेरै साथीले टेलिकमको सिम छाडेर एनसेलको सिम खरिद गरेर चलाउन थालेको उनले थपे ।

टेलिकमको रिचार्जमा समस्या आएपछि प्राइभेट कम्पनी एनसेलको सिम कार्डको विक्री ह्वात्तै बढेको गोलबजारका पत्रकार गणेश साह बताउँछन् । उनले टेलिकमले दुुई चारदिन भित्र रिचार्ज गर्न देखिएको समस्या समाधान नगरे आफूू पनि एनसेलको सिम खरिद गर्ने सुुनाए ।

पत्रकार साह भन्छन्, ‘रिचार्ज गर्न समस्या हुन लागेको धेरै भइसक्यो । हातमा आइसकेको रिचार्ज कार्डबाट मोबाइलमा पैसा हाल्न पनि घन्टौं समय खेर जान्छ । तर रिचार्ज हुुँदैन् ।’ करिब दुुई/तीन घण्टासम्म ट्राई गर्यौं भने कुुनै बेला रिचार्ज भईहाल्ने गरेको पनि उनले भने ।
नेपाल टेलिकमको रिचार्जमा महिनौ दिनदेखि समस्या भइरहेपनि मर्मतका लागि सम्बन्धित पक्षले चासो नदेखाएको उपभोक्ताको गुुनासो छ । ईटाटार घर भई लहानमा बस्दै आएका विद्यार्थी धमेन्द्र पासवान भन्छन्, ‘देशको अग्रणी टेलिकम कम्पनी भनेर दावी गरेर हुुँदैन् । सेवा पनि गुुणस्तर बनाउन टेलिकमले समयमै ध्यान दिन जरुरी छ ।’

यता नेपाल टेलिकम शाखा लहान सिरहाका प्रमुुख सुुभाष साहले टेलिकमको सिममा रिचार्ज गर्न देखिएको समस्या समाधान गर्न प्राविधिक लागिपरेको बताए । उनले भने, ‘रिचार्जमा देशभर नै समस्या छ । दुुई/तीन दिनभित्रै समस्या हट्छ ।’