३१ आश्विन २०८३, शनिबार

नेपालको सुगन्धित तेल युरोप निर्यात

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilकलैया, २७ मङ्सिर । बाराको सपही–३स्थित जुडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तामागढी शाखाबाट उत्पादीत सुगन्धित तेल ८० प्रतिशत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।

विसं २०३८ मा स्थापना भएको उक्त कम्पनीको ३५० बिघा जग्गामा सिट्रोनेला, लेभन, ग्रास, पासारोजा, मेन्था, क्यामोमाइल, फेन्चब्रेसिल र युक्लिट्टा जातको जडीबुटी खेती गरिएको छ । कम्पनीले रु तीन करोड ८७ लाखबराबरको १३ हजार ४३० किलो सुगन्धित तेल उत्पादन गरेको छ ।

धनकुटा सङ्कलन केन्द्रबाट सङ्कलन गरी ल्याएको ७१ हजार १८७ किलो खोटो प्रशोधन गरी उत्पादन भएको रोजिन राम्रो ४७ हजार ४९८ किलो, रोजिन कोला एक हजार १८० किलो र तारवीन तेल ११ हजार २१० लिटर उत्पादन गरिएको कम्पनीका प्रमुख जलरु लालले बताउनुभयो । कोरा शिलाजीत एकसय किलो प्रशोधन गरी २५५ किलो शुद्ध शिलाजीत समेत उत्पादन गरिएको उहाँले बताउनुभयो ।

कम्पनीले सुगन्धित जडीबुटी खेती गर्न ९५० किसानलाई चार सय हेक्टर क्षेत्रफलमा खेतीका लागि आवश्यक बिरुवा उपलब्ध गराएको छ । जिल्लाकोे सपही, बछनवुवा, मुसहवा, कोल्भी, सखुवा गाविसमा किसानले अन्नबालीसँगै व्यावसायिक रुपमा जडीबुटी खेतीसमेत गर्ने गरेका छन् । रासस