३१ आश्विन २०८३, शनिबार

खरायोको मासुको अत्यधिक माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kharayopalan

काठमाडौँ, २५ मङ्सिर । नेपालमा खरायोको मासुको अत्यधिक माग हुने गरेको विज्ञले बताएका छन् ।

युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको आत्मनिर्भर नेपाल निर्माणका लागि युवा अभियानअन्तर्गत ‘नेपालमा खरायोपालनको सम्भावना चुनौती र बजारीकरण’ विषयको अन्तक्र्रियामा द हिमालयन रेबिट फार्मका सञ्चालक उज्ज्वल चापागार्इंले पछिल्लो समयमा खरायोको रौँ र मासुको माग नेपाली बजारमा बढेको बताउँदै भन्नुभयो, “नेदरल्यान्ड्स, फ्रान्स, बेल्जियमलगायत मुलुकमा खरायोको व्यावसायिक पालन हुँदै आएको छ, नेपालमा पनि थोरै लगानीमा धेरै फाइदा हुने कृषिमा पर्छ ।” उहाँले नेपालमा खरायोको मासुको अत्यधिक माग हुने गरेको उल्लेख गर्नुभयो ।

युवा उद्यमी सुनिता नेमाफुकीले वार्षिक अर्बौं रुपैँया बराबरको मासु भित्रने नेपाली बजारमा खरायोको मासु स्वस्थ्यकर रहेको बताउनुभयो । कृषिविज्ञ डा राजेन्द्र देवकोटाले नेपालमा खरायोपालनको उचित हावापानी रहेको बताउनुभयो ।

युवा सङ्घका उपाध्यक्ष रमेश पौडेलले संविधान निर्माण भएकाले अब मुलुकलाई कृषि क्रान्ति आवश्यक रहेको बताउनुभयो । वर्षको चारदेखि आठ पटकसम्म बच्चा जन्माउने खरायोको मासुको मूल्य प्रतिकेजी रु ८०० रहेको छ । रासस