(लम्कीं) कैलाली, २२ मंसिर । कैलालीको लम्कीचुहा–२ लम्कीमा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित लघुवित्त कार्यक्रमको शाखा विस्तार भएको छ ।
‘गाउँ–गाउँमा सहकारी घर घरमा रोजगारी’ भन्ने मुल नारा लिएको सहकारीले हाल कैलालीको लम्की र टीकापुरमा सिमित बैंकिङ्ग कारोबार सञ्चालन गरिरहेको छ भने जिल्लाका करिब १ दर्जन बढी नगर र गाबिसमा लघुवित्त कार्यक्रममार्फत सेवा प्रवाह गदै आएको छ ।
सहकारीले आज आफनो सेवा विस्तारकै क्रममा जिल्लाको सहजपुर गाविसको सहजपुरमा लघुवित्त शाखा शुरु गरेको हो । जनतालाई सहज रुपमा कर्जा प्रबाह गरि सहकारीको माध्यमबाट सेवा प्रवाह गर्नुका साथै लघुवित्त कार्यक्रमबाट हजारौ महिलाहरुलाई आय आर्जनमा प्रोत्साहन गदै आएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रधान कार्यलय लम्कीका प्रबन्ध निर्देशक डम्बर बहादुर शाहले बताए ।
सहकारीले नाफा कमाउने नभई स्थानिय महिलाहरुको आर्थिक स्तर उकास्ने मुख्य उद्देश्य लिएको संस्थाका प्रबन्ध निर्देशक शाहको भनाई छ । शाखा उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका प्रबन्ध निर्देशक शाहले आर्थिक अवस्था कमजोर भएका स्थानियको आर्थिक स्तर माथि उठाई समाजलाई सम्बृद्ध बनाउने संस्थाको प्रमुख उद्देश्य रहेको बताए ।
संस्थाका कार्यवाहक अध्यक्ष सुरेन्द्र शाहको सभापतीत्वमा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र वैङ्ककाम डेपटी गर्भनर महाप्रसाद खतिवडा रहेका थिए ।















प्रतिक्रिया