३१ आश्विन २०८३, शनिबार

नेपालको विकासका लागि एसियाली विकास बैंकको थप सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

adbकाठमाडौँ, २२ मङ्सिर । एसियाली विकास बैँक (एडिबी) ले विपद् न्यूनीकरण र भूकम्प प्रभावित क्षेत्रका जनताका जीवनस्तर सुधार योजनाका लागि रु एक अर्ब ५७ करोड अनुदान सहयोग गरेको छ ।

उक्त अनुदान सहयोग सम्झौतामा आज अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र एडिबीका नेपाल निर्देशक केनीची योकोयामाले हस्ताक्षर गर्नुभयो । ‘गरिबी न्यूनीकरणका लागि जापान कोष’को सहयोग रहेको सो अनुदान साना किसान विकास बैँक लिमिटेडमार्फत परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार सो योजना अन्तर्गत भूकम्प प्रभावित क्षेत्रको जनजीवन सुचारु बनाउन साना किसानका लागि कूल कर्जा, भत्केका विद्यालयको पुनःस्थापना र भविष्यमा विपद्बाट बचाउनका लागि विभिन्न किसिमका कार्य सञ्चालन गरिनेछन् ।

कार्यक्रममा मन्त्रालयका सचिव रेग्मीले एडिबीले नेपाललाई गर्दैआएको सहयोगका लागि आभार व्यक्त गर्दै सो अनुदान सहयोग भूकम्प प्रभावित क्षेत्रका जनताको जीवनस्तर सुधार, विद्यालयको स्तरोन्नत्तिका लागि साना किसान विकास बैँकमार्फत परिचालन गरिने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका नेपालका प्रमुख प्रतिनिधि सुतोमु सिमिजुलगायतका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो । रासस