काठमाडौँ, २१ मङ्सिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भरपर्दो र विश्वासिलो बनाउनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन दिवसका अवसरमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डोत्तोलन गर्दै उहाँले विश्वमै नेपालको विमानस्थल भरपर्दो र विश्वासिलो बनाउनुपर्ने बताउनुभएको हो ।
मन्त्री पोखरेलले भन्नुभयो, “नेपालको नागरिक उड्डयन प्राधिकरण सभ्य छ, संसारको कुनै पनि विमानस्थलभन्दा कम छैन, अन्तर्राष्ट्रिय मापदण्डको सुविधा दिन सक्ने बनाउनुपर्छ ।” सबैको ध्यानाकर्षण गर्ने खालको सुविधा दिने वायुसेवा निर्माण गर्न प्रविधि र लगानीलाई बढाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
मन्त्री पोखरेलले अहिले भएको संरचनालाई बलिलो बनाउँदै भविष्यमा शिर ठाडो पार्न सक्ने बनाउन सबैसँग आग्रहसमेत गर्नुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथाले संसारमै नेपालको प्रतिष्ठा बढाएजस्तै गरी अन्तर्राष्ट्रिय विमानस्थलले पनि विश्वकै प्रतिष्ठित बनाउन लाग्नका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । रासस















प्रतिक्रिया