– सुधासुमन ढकाल
दाङ, २१ मंसिर । पछिल्लो समय दाङको तुलसीपुरमा विद्युतीय रिक्साको व्यापार बढेको छ ।
भारतको नाकाबन्दीका कारण इन्धन अभावका हुँदा अन्य सवारीका साधनहरु थन्किने अवस्था श्रृजना हुनै लाग्दा यो रिक्साको व्यापार भने फष्टाउदै गएको हो । इन्धन अभावको प्रभाव आफुहरुलाई नपरेको रिक्सा चालकहरु बताउछन ।
‘हामीहरुलाई नत तेल भर्न लाममा बस्नु परेको छ नत यसका विषयमा कुनै मतलब नै छ” , चालक धनबिर भण्डारीले बताउनुभयो । दशैं तिहारको समयमा दैनिक दुई हजारदेखि पच्चिस सय सम्म कमाई हुने गरेपनि अहिले भने दैनिक एक हजार
रुपैया सजिलै कमाउन सकिने पनि चालक भण्डारीको भनाई छ ।
पहिले माछा बिक्रि गर्ने गरेका भण्डारीले यो रिक्सा चलाउन थालेको एक महिनामै राम्रो आम्दानी गर्न सफल भएको बताउनुभयो । तुलसीपुरमा अहिले सम्म ६ देखि ७ वटा सम्म अटोरिक्साहरु सञ्चालनमा आएको उहाले बताउनुभयो ।
तुलसीपुर बजारबाट रक्षाचौर, पुकार पसल, हात्तिखवा, दुधेना लगायतका स्थानमा सञ्चालनमा आउने रिक्साका चालकहरुले दुरि अनुसार २० रुपैया देखि ५० रुपैया सम्म लिने गरेका छन । ‘ठाउ अनुसार २० रुपैया देखि ५० रुपैया सम्म लिने गरेका छौं, एक पटकमा ५ देखि ६ जना सम्म बस्न मिल्ने हुदा हामीलाई राम्रै आम्दानी भएको छ ‘ व्यावसायी भण्डारीले भन्नुभयो । विगत ३ महिना देखि तुलसीपुर बजारमा देखा परेको यो विद्युतिय रिक्साका कारण छोटो दुरीका यात्रुहरुलाई त झनै बरदानै साबित भएको छ ।
छोटो दुरीका यात्रुहरुले आफुहरुलाई फोन गरेर पनि बोलाउने गरेको व्यवसायीहरु बताउछन । छोटो दुरीका यात्रुहरुलाई पनि सजिलो आफुहरुलाई पनि स्वदेशमै राम्रो आम्दानी हुने भएपछि कामका लागी विदेशिने बाध्यता बाट छुट्कारा मिलेको उनिहरु बताउछन ।
तुलसीपुर ८ दुधेनाका चेतबहादुर डागीले भन्नुभयो, ‘हामीहरुलाई बस ट्याक्सीहरुलाई साझ सम्म पर्खिनुपथ्र्यो त्यसमाथी पनि बस ट्याक्सीले चढाउनै मान्दैनन् , यो अटो रिक्सा आए देखि त हामीलाई एकदमै सजिलो भएको छ । जति बेला काम सकिन्छ त्यति बेला नै आरामदायी यात्रा गरेर समयमै घर जान सकिन्छ ।’ इन्धन अभावको यो समयमा अटोरिक्सा एकदम राम्रो विकल्प बनेको छ ।
जुनसुकै समस्या समाधानका लागी सरकारको मुख ताक्न बानी परेका हामीहरुले अब बिकल्पहरुको खोजी गर्नतिर लागेमा परनिर्भरताका कारण भोग्नुपरेको अहिलेको जस्तो समस्या भोग्नुपर्ने थिएन ।
















प्रतिक्रिया