३१ आश्विन २०८३, शनिबार

पेट्रोलिम्याक्सले थप हवाई इन्धन ल्यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrolimexकाठमाडौँ, १९ मङ्सिर । नेपाल आयल निगमबाट हवाई इन्धन आयात गर्ने स्वीकृति पाएको पेट्रोलिम्याक्सले आज थप ८३ हजार लिटर हवाई इन्धन आयात गरेको छ ।

जोर्डन एयरलाइन्सले भारतको लखनऊबाट हवाई मार्ग हुँदै आज थप इन्धन ल्याएको हो । निगमका प्रवक्ता मुकुन्द घिमिरेले आज पेट्रोलिम्याक्सले काठमाडौँ–लखनऊ दुई उडान गरेर इन्धन ल्याएको हो ।

नेपाल वायु सेवा निगमले काठमाडौँ–कोलकाता उडान गरेर दैनिक हवाई इन्धन ल्याइरहेका अवस्थामा पेट्रोलिम्याक्सले आज थप इन्धन ल्याएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

हवाई मार्गबाट ल्याइएको हवाई इन्धन आन्तरिक हवाई सेवा र अन्तर्राष्ट्रिय सेवा प्रदायकलाई वितरण गरिनेछ । हवाई इन्धनको अभावमा आन्तरिक हवाई सेवा प्रभावित भइरहेका बेला पेट्रोलिम्याक्सले हवाई इन्धन आयात गर्न थालेपछि थप सहज हुने विश्वास लिइएको छ ।

भारतको अघोषित नाकाबन्दीपछि निगमले अन्तर्राष्ट्रिय निवेदनमार्फत हवाई इन्धन आयातका लागि सो कम्पनीलाई अनुमति प्रदान गरेको थियो ।

यस्तै सोही कम्पनीले इथियोपियन एयरलाइन्समार्फत थप इन्धन ल्याउने तयारी गरिरहेको जनाएको छ । नेवानिले पनि हवाई इन्धन ल्याइरहेको र जोर्डन तथा इथियोपिएन एयरमार्फत हवाई इन्धन आयात हुन थालेपछि हवाई इन्धन सहज हुने निगमको विश्वास छ । रासस