३१ आश्विन २०८३, शनिबार

दाङमा धान उत्पादन ७ हजार मेट्रिक टन घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhan– सुधासुमन ढकाल
दाङ, १८ मंसिर । गत वर्षको तुलनामा यसवर्ष दाङमा धान उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका योजना अधिकृत तिलक केसीका अनुसार यसवर्ष ७ हजार ३ सय ३४ मेट्रिक टन कम धान उत्पादन भएको छ । वर्षा ढिला सुरु हुनु, धानमा मल हाल्ने समयमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध नहुनु, कृषि विकास कार्यालयले सिफारिस गरेका धानको बिउलाई ठिक समयमा रोप्न नपाउनु लगायतका कारणले यस वर्ष धान उत्पादनमा कमि आएको कार्यालयको भनाई छ ।

कार्यालयका अनुसार गत वर्ष दाङमा एक लाख ५६ हजार ९ सय ८४ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष एक लाख ४९ हजार ६ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ ।

दाङमा धान खेतिका लागी उपयुक्त जम्मा क्षेत्रफल ३८ हजार ४ सय ३० हेक्टर भएपनि यस वर्ष जम्मा ३६ हजार ५ सय हेक्टर जमिनमा मात्र धान खेति भएको थियो ।

घडेरीका लागी प्लटिङ गर्ने प्रबृत्ति बढ्नु, युवा पुस्ताको कृषिप्रतिको आकर्षण घट्नु, काम गर्ने शक्ति विदेश पलायन हुनु लगायतका कारणले पनि दाङमा बाझो जग्गा बढ्दै गएको योजना अधिकृत केसीले बताउनुभयो । दाङका पहाडि गाविस बाहेक अन्य ठाउमा धान राम्रो उत्पादन हुने गरेको उहाले बताउनुभयो ।

यसैबिच दाङमा उत्पादन हुने धानले यहाको जनसंख्यालाई पुगेर निर्यात हुने गरेको कार्यालयको भनाई छ । यहाबाट मोटो धान बाहिर गएर मसिनो धान आयात हुने गरेपनि औसतमा भन्नुपर्दा यहा उत्पादन हुने धानबाट २६ सय मेट्रिक टन धान भने निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।