३१ आश्विन २०८३, शनिबार

काँकडभिट्टा नाकाबाट साढे चौरासी लाख लिटर इन्धन भित्रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-tanker-Nepal-India

दमक, १८ मङ्सिर । झापाको काँकडभिट्टा नाकाबाट अढाई महिना अवधिमा साढे ८४ लाख लिटर इन्धन भित्रिएको छ ।

भित्रिएको इन्धन र ग्यासबाट रु १४ करोड ८३ लाख ४५ हजार राजस्व उठेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । भित्रिएको इन्धनमा २४ लाख ३४ हजार लिटर पेट्रोल, ५० लाख ३९ हजार लिटर डिजेल, सात लाख २० हजार लिटर हवाई इन्धन र दुई लाख ९२ हजार लिटर मट्टितेल रहेको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भिम अधिकारीका अनुसार सो नाकाबाट नाकाबन्दीपछि खाना पकाउने एलपी ग्यास १४ लाख ८७ हजार ९४६ किलो भित्रिएको छ । गत असोज ६ गतेदेखि भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको हो । रासस