२३ कार्तिक २०८३, सोमबार

एमाओवादीको केन्द्रीय समितिमा अध्यक्षको प्रतिवेदनमाथी छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umaobadiकाठमाडौं, १७ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनका विषयमा छलफल गर्न जारी एमाओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

पार्टी मुख्यालय कोटेश्वरमा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले टिप्पणु गर्ने छन् ।

अध्यक्ष दाहालले बाबुराम भट्टराईले पार्टी परित्याग गरेर गएको पछिको अवस्था, आगामी रणनीति, दलहरूसँगको सम्बन्ध र अन्य समग्र विषय समेटेर बैठकमा राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ ।

सो प्रस्तावमाथिको आन्तरिक अध्ययनपछि आजबाट केन्द्रीय सदस्यहरूले टिप्पणी गर्न लागेका हुन् ।