२३ कार्तिक २०८३, सोमबार

कांग्रेस नेतृ सुजाता भन्छिन्- पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koirelaडडेल्धुरा, १६ मङ्सिर । नेपाली काँग्रेसकी नेत्री सुजता कोइरालाले विभिन्न वहानामा मुलुकलाई खण्डित गर्ने प्रयास भइरहेको दाबी गर्नु भएको छ ।

प्रेस युनियन डडेल्धुराले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुक टुक्य्राउने खेल भइरहेकाले राष्ट्रिय एकतामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

नेत्री कोइरालाले पाँच विकास क्षेत्रलाई नै प्रदेशका रुपमा स्थपित गर्दा कुनै प्रदेशलाई पनि मर्का नपर्ने र सबै भू–भाग, जातजाति, हिमाल, पहाड र तराइँको भूमिसमेत सामान ढङ्गले वितरण धारणा व्यक्त गर्नुभयो ।

अर्को एक फरक प्रसङ्गमा उहाँले पार्टी अधिवेशनबाट पुराना पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, पार्टीको आसन्न तेह्रौँ महाअधिवेसनको सिलसिलामा आयोजित कार्यकर्ता भेटघाटमा उहाँले वरिष्ठ नेता शेरबहादुर देउवासँगै सहकार्य गरेर जानुपर्ने बताउनुभएको छ । देउवासँग मिलेर जाँदा पार्टीले नयाँ आयाम लिने उहाँको भनाइ थियो । रासस