काठमाडौं, १६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू सहभागी नहुने भएपछि आज बेलुका बस्ने भनिएको वार्ता स्थगित भएको छ ।
प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार भोलि (बिहीबार) बिहान बस्ने प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकपछि मधेसी मोर्चासँगको वार्ताको अर्को मिति तय गरिनेछ ।
मधेसी मोर्चाका शीर्ष नेताहरू धनुषाको ढल्केबरमा आयोजित आमसभामा सहभागी हुने गएपछि वार्ता प्रभावित भएको हो ।
मधेसी मोर्चाले वार्ताका लागि दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिएका थिए । तर दोस्रो तहका नेताहरूबाट कुनै निकास आउने नदेखेपछि प्रधानमन्त्ती ओलीले आजको वार्ता स्थगित गर्नुभएको हो ।
वार्ताका लागि ओलीले भोलि (बिहीबार) बिहान कांग्रेस, एमाले र एमाओवादीसँग परामर्श गर्नु हुनेछ । त्यसका लागि तीन प्रमुख दलका शीर्ष नेताहरूलाई निम्तासमेत गरिसकिएको स्रोतको भनाइ छ ।
मधेसी मोर्चाले वार्ता र सहमतिलाई दोस्रो स्थानमा राखेर आमसभामा गएपछि समस्या देखिएको हो ।












प्रतिक्रिया