२३ कार्तिक २०८३, सोमबार

नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले युवकलाई जिउँदै जलाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

नवलपरासी, १६ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मानवीय सीमा पार गर्दै नवलपरासीमा एक युवकलाई जिउँदै जलाएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार सनही–९ मा कालोबजारीका लागि इन्धन ल्याएको आरोपमा मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको फर्साटिकरका १८ वर्षीय सन्दिप यादवलाई जिउँदै जलाएका छन् ।

नेपाल–भारत सीमामा उनले ल्याएको डीजेल खोसेर मोर्चा कार्यकर्ताले शरीरमा खन्याएका थिए । त्यसपछि उनको शरीरमा आगो लगाए । जिउँदै जलाइएका यादवको अवस्था गम्भीर छ । यादवको कम्मर मुनिको भाग जलेको छ । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच घटनामा संलग्न भएको आंशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सनही ९ का राजेशचन्द्र सैथवार, शिवकुमार यादव र सनही ८ का सेरु मिया रहेका छन् ।