
– सन्तोष यादब
सिरहा, १६ मंसिर । मधेसमा जारी आन्दोलनको समर्थनमा सिरहाका विद्यार्थीहरुले आज विहान पूूर्वपश्चिम राजमार्गमा मानव साङ्गलो बनाएका छन् ।
सिरहामा अध्ययनरत विद्यार्थीहरुले मधेश आन्दोलनको समर्थन गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित सिरहाको बलानदेखि कमला नदीसम्म ४६ किलोमिटरको मानव साङ्गलो बनाएका हुुन् । उनीहरुले सरकार विरोध प्रदर्शन समेत गरेका छन् ।
हत्या हिंसा बन्द गर, मानवअधिकारको ग्यारेन्टी गर, पढ्न पाउने अधिकार सुनिश्चित् गर, मधेसको अधिकार स्थापित गर, प्रधानमन्त्री केपी ओली मुुर्दावाद लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर बिहान साढे सात बजेदेखि साढे ९ बजेसम्म प्रदर्शन गरिएको थियो ।

वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्न सरकारलाई दबाब स्वरुप मानव साङ्गलो प्रदर्शन गरिएको लहान नपा ३ स्थित प्यारागन उच्च माविका प्रिन्सिपल उमेश चौधरीले बताउनुुभयो । उहाँले सरकारले आन्दोलित मधेसी मोर्चासँग वार्ता र संवादको माध्यमबाट समस्याको निकास निकाल्न ढिलाई गर्न नहुुने पनि बताउनुुभयो ।
मानव साङ्गलो सिरहाको लहान, गोलबजार, मिर्चैया, धनगढी, बन्दिपुुर लगायतका निजी तथा सरकार विद्यालयका ५ हजार बढी विद्यार्थीको सहभागिता थियो ।















प्रतिक्रिया