६ कार्तिक २०८३, शुक्रबार

‘बलात्कारी’ले कारागारभित्र प्रेमिका बोलाएर बिहे गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajhang District Nepal Poojaबझाङ, १६ मंसिर । जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्।

माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ’, दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्‍यो भनेर बोलाइयो । हाम्रो संस्कारअनुसार विवाह गरिदियौं ।’
साना दुई भाइ साथमा लिएर सदरमुकाम आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो ।

विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो ।

कारागारमा भएको विवाहमा कैदी भरतले पूजाको शिरमा सिन्दुर र औंलामा औंठी लगाइदिए ।

टीकाटालो गरी ब्राह्मणले विवाह सकिएको संकेत गर्दा आफन्तले ताली बजाएका थिए ।

विवाह भई हात मिलाएर बिछोड हुँदा दुलाहादुलही दुवैका आँखा रसाए।

८ वर्षदेखि जेलमा रहेका ३० वर्षीय भरतसँग भेट्न यसअघि पनि पूजा कारागार आउने गर्थिन् ।

कारागारका जेलर राजेन्द्रबहादुर बोहराले भने, ‘उनीहरूको गाउँमा पनि चिनजान रहेछ। मन मिलेर बिहे भयो।’

केही भेटघाट र केही फोनबाट भरत र पूजाको माया गाढा भएको थियो ।

भरतको घरमा पनि बुबाआमा बूढाबूढी भएकाले कामको समस्या हुँदा विवाह गरेको उनले बताए ।

विवाहका उपलक्ष्यमा भरतका बुबाले कैदीलाई मिठाइ, फलफूल र प्रसाद दिएका थिए ।

१९ वर्षकी पूजाले श्रीमान् कारागारबाट नछुटुन्जेल घरको कामकाज गर्ने बताइन् ।

२ वर्षपछि भरतको कैद भुक्तान हुनेछ । पूजा र भरत सामान्य साक्षर हुन् ।