६ कार्तिक २०८३, शुक्रबार

यी हुन् प्रेमिका ल्याउन चार छोराछोरी हत्या गर्ने बाबु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nandabahadur_rokaya_four_child_murder_mugu_Nepalमुगु, १६ मंसिर । आफूले जन्माएका चार छोराछोरी हराएको नाटक गरी हत्या गर्ने ह्याङ्गलु–६ रिगा गाँउका नन्दबहादुर रोकायाले प्रेमिकाकै कारण त्यति क्रुर घटना गर्न पुगेको बताएका छन् ।

असोज ९ गते हराएको नाटक गरेका रोकायाले सोही दिन बिहान चार बजे श्रीमति पिरल लिन मेलामा गएको मौकामा सुतिरहेका चारैजना छोराछोरीको कोदालोले हानेर हत्या गरेको अन्नप
र्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

९ वर्षीया छोरी सुन्तली रोकाया, छ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दिप रोकायालाई ओछ्यानबाट उठाएर बारीमा रहेको खरीको फल खाने भन्दै घरदेखि १ सय मिटर टाढा रहेको बारीमा कोदालोले हिर्काइ उनले हत्या गरेको खुलेको हो ।

चार छोराछोरीको हत्या हत्या गर्नुको प्रमुख कारण प्रेमिका रहेको आशंका गरिएको छ । बिहान ४ बजे पिरल लिन गएकी नन्दकी २५ वर्षीया श्रीमती बाँचु रोकायाले बिहान ९ बजे घर फर्किँदा बच्चाबारे सोधेपछि हजुरआमा छन् भनी उनले टारेका थिए ।

तर बेलुका अबेरसम्म पनि छोराछोरी गाँउमा नआएपछि सबै गाँउलेलाई खबर गर्दा पनि नभेटिएपछि १० गते बिहान सुकाढिक प्रहरीलाई जानकारी गराइएको थियो ।

१३ गते प्रहरीले खोजतलास गर्दा उनकै बारीको आलिमा झिङ्गा भन्किएको देखेपछि आलिको पर्खाल खोतल्दा एकै खाल्टोमा पुरिएको अवस्थामा चार बालबालिका भेट्टिएका थिए ।

शव भेट्टिनेबित्तिकै प्रहरीले आरोपित रोकायालाई नियन्त्रणमा लिई शवलाई पोष्टमार्टमका लागि सदरमुकाम गमगढी लगेर दाहासंस्कार गरिएको छ ।

उनले छोराछोरीलाई असाध्यै माया गर्ने गर्थे । ‘उनले छोराछोरी पिटेको कहिल्यै देखिन । भदौमा पढन् बाहिर गएका उनी घर आएदेखि लामो सयम फोनमात्र गरेको हुन्थे’, बच्चुले भनिन्, ‘छोराछोरीलाई हत्या गर्नुकै उनकी प्रेमिका हो ।’

१५ गत नै सदरमुकाम ल्याइएका आरोपितलाई मेडिकल चेकजाँच गरि सात दिनका लागि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान पश्चातमात्र थाहा हुने बताएपनि गाँउले र बच्चुका अनुसार प्रेमिकाकै कारण छोराछोरीको हत्या भएको हो ।