२२ कार्तिक २०८३, आइतबार

मोदीलाई जर्मन सांसदले भने- मिस्टर मोदी नेपालमाथिको नाकाबन्दी रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Omid Nouripour

काठमाडौं, १५ मंसिर । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय जगतका व्यक्तित्वहरु पनि खुलेरै विरोधमा उत्रिएका छन् ।

यसैक्रममा विश्वकै शक्तिशाली राष्ट्रमा गनिने जर्मनीका एक सांसदले ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै नाकाबन्दी रोक्न आग्रह गरेका छन् ।

नाकाबन्दीले नेपालमा जनजीवन कष्टकर बनेको सामाजिक सञ्जाल ट्विटरबाट थाहा पाएपछि जर्मन सांसद ओमिद नौरिपुअरले ट्वीट गर्दै भारतीय नाकाबन्दीको विरोध गरे । उनले लेखेका छन्- ‘यो दर्दनाक छ । म तपाईंसित हात फैलाएर माग्दैछु मिस्टर मोदी, नेपालमाथिको नाकाबन्दी रोक्नुस ।’ उनले यो भनाईलाई मोदीको ट्विटरमा पनि मेन्सन गरेका छन् ।

हेर्नुस् मोदीलाई मेन्सन गरिएको ट्विटः

Omid_Nouripour