काठमाडौं, १५ मंसिर । व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बिहान एघार बजेपछि बस्ने बैठकमा विभिन्न विधेयक पेश गर्ने कार्यक्रम छ ।
यद्यपि आजको बैठक पनि मधेसी मोर्चाले अबरोध गर्ने जनाएको छ । आफ्ना माग पूरा गराउन दवाव दिने उद्देश्यले मधेसी मोर्चाले सदन अबरोध गर्दै आएको छ ।
त्यसै गरी कांग्रेसले पनि आफूले संसदमा दर्ता गराएका विधेयकहरू अगाडि बढाउन सरकारलाई दबाव दिन सदनमा धारणा राख्ने जनाएको छ ।












प्रतिक्रिया