६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दी र मोदीविरुद्ध भारतका सांसदले संसद अबरुद्ध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian Parliyamentकाठमाडौं, १५ मंसिर । नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गर्ने भएका छन् ।

उनीहरूले संसद्को बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् ।

भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाइ रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘हामी अब छिट्टै संसद्का कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौँ,’ राज्यसभाका सांसद देवीप्रसाद (डिपी) त्रिपाठीले सोमबार आफ्नै निवासमा भने, ‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौँ, अब छाड्नेवाला छैनौँ ।’