१२ कार्तिक २०८३, बिहिबार

भारतमा तेलको मूल्य घट्यो, नेपाल ल्याउने तस्करलाई फाइदै फाइदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol

काठमाडौं, १४ मंसिर । भारतमा इन्धनको मूल्य घटेको छ ।

आज राति १२ बजेदखि लागू हुनेगरी पेट्रोलको मूल्यमा ५८ पैसा प्रतिलिटर र डिजलमा २५ पैसा प्रतिलिटर घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा अब पेट्रोलको ६०.४८ रुपैया प्रतिलिटर र डिजलको ४६.५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
इण्डियन आयल कर्पाेरेशनका अनुसार अन्तरराष्ट्रिय बजारको मूल्यमा गिरावट आएसँगै भारतमा पनि इन्धनको भाउ घटेको हो ।

भारतमा तेलको भाउ घटेपछि नेपालमा तस्करी गर्दै आएका नेपाली तथा भारतीय व्यापारीलाई फाइदा भएको छ । कम मूल्यमा भारतबाट तेल तस्करी गरेर नेपाल पुगाएर प्रतिलिटर पाँच सयदेखि हजार रुपैयाँसम्म बेच्दै आएका व्यापारीलाई भाउ घटेपछि झनै फाइदा हुने भएको हो ।

भारतको नाकाबन्दीका कारण तस्करले नेपालमा तेल ल्याएर चर्काे मूल्यमा कालोबजारी गर्दै आएका छन् ।