२२ कार्तिक २०८३, आइतबार

भारतीय ज्यादतिविरुद्ध परराष्ट्रले निकाल्यो विज्ञप्ति, आइन्दा नदोहोर्‍याउन चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singdarbar

काठमाडौँ, १४ मङ्सिर । सरकारले हतियारसहित भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाल प्रवेश गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी आइतबार बिहान ७ बजे झापाको केचना–४ स्थित खुट्टामुनि गाउँमा भारतीय एसएसबीका १३ जना सशस्त्र हतियारसहित नेपाली सीमामा प्रवेश गरेको घटनाप्रति गम्भीर चासो जनाएको हो ।

नेपाल प्रवेश गरेको केही समयपछि उनीहरुलाई भारतको किसनगन्ज एसएसबीका १२ बटालियनका अधिकारीलाई बुझाइएको थियो ।

उक्त घटनाप्रति परराष्ट्र मन्त्रालयले आइन्दा यसरी नेपाल प्रवेश गर्ने घटना नदोहो¥याउन नेपालस्थित भारतीय राजदूतावासमार्फत भारतलाई आग्रहसहितको चेतावनी दिइएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस