
महेन्द्रनगर, १४ मंसिर । कञ्चनपुरमा दुई भारतीय चोर पक्राउ परेका छन् ।
आईतबार बेलुका ७ बजेतिर जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिका ९ पौलाहा गाउँबाट बाख्रा चोरी गर्दै गरेको अवस्थामा दुई जना भारतीय चोरलाई प्रहरीले पक्राउ परेको हो । गाउँलेहरुले चोरी गर्दै रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरिक्षक भरत बहादुर चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा उखुबारीबाट दुई जना चोरलाई पक्राउ गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
पक्राउ पर्नेमा पिलिभित जिल्ला तहसिल पुरनपर हजारा बजारघाट २ नम्बर घर भएका हिरा सिंह र कुलविन्दर उफ्रकाला रहेका छन् । उनीहरु संगै रहेका अर्का कपिल सिंह भने फरार भएका छन् । बेलौरी नगरपालिका ९ पौलाहा गाउँ नेपाल–भारतको सीमा नजिकैको गाउँ हो ।














प्रतिक्रिया