२२ कार्तिक २०८३, आइतबार

विराटनगरमा सीमा सुरक्षा बैठक सुरु, भारतले अतिक्रमण गरेको दशगजा खाली गराइने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दशगजा क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरी
दशगजा क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरी

पथरी (मोरङ), १४ मङ्सिर । नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ ।

सोमबार दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइआएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालयका प्रमुखहरु सहभागी छन् । त्यस्तै भारतका तर्फबाट अररिया, किसानगन्ज र सुपौलका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थिति छ ।

बैठकमा दुबै देशका नापी विभागका प्रतिनिधिहरुको समेत सहभागी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो । बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र अतिक्रमण भएको दशगजा क्षेत्र खाली गराउने बारेमा छलफल भइरहेको छ ।

यस्तै, भारतीय सशस्त्र सीमा बल(एसएसबी)का जवानहरु बारम्बार नेपाल छिर्ने गरेको, सुनसरीको भान्टाबारीमा चार नेपालीमाथि गोली प्रहार गरेको र झापामा १३ जवान दिउँसै हतियारसहित नेपाल पसेको बारेमा पनि छलफल भइरहेको छ ।

प्रजिअ कार्कीले दुई देशको सिमाना छुट्याउन निर्माण गरिएका सीमास्तम्भबारेमा पनि छलफल गरिने बताउनुभयो । “सिमानामा रहेका पिलरका बारेमा दुई देशका अधिकारीबीच छलफल हुनेछ,” प्रजिअ कार्कीले भन्नुभयो – “पुराना र जीर्ण भएका पिलरको मर्मतसम्भार र पुनःनिर्माणबारे एउटा टुङ्गोमा पुगिनेछ ।” रासस